देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत फेला

हिमाल प्रेस २ साउन २०८३ ११:१० | Saturday, July 18, 2026
20
SHARES
देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत फेला

तनहुँ- देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेकी छन्। केही दिनदेखि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोलीले नारायणी नदीमा खोजी गरिरहेका बेला उनीको शव नवलपुरको त्रिवेणीधाम क्षेत्रमा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शवमा रहेको कपडा, हातमा लगाएको औँठी र कानमा लगाएको रिङका आधारमा परिवारका सदस्यले श्रेष्ठको पहिचान गरेका हुन्। धार्मिक परम्पराअनुसार उहाँको अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हाल चितवनको गैँडाकोट नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी श्रेष्ठ गत असार १४ गते साँझ करिब ८ बजे बा.प्र.०६–००१ प १४९९ नम्बरको स्कुटर लिएर डेराबाट निस्किएको थियो। त्यसयता उनी सम्पर्कविहीन भइन्।

खोजतलासका क्रममा उनको स्कुटर देवघाट गाउँपालिका–५ स्थित हनुमानचोकमा पार्किङ गरिएको अवस्थामा फेला परेको थियो। त्यसपछि सशस्त्र प्रहरी बल नेपाल नं। १७ गणबाट गोताखोरसहितको टोली परिचालन गरी नारायणी नदी आसपासका क्षेत्रमा निरन्तर खोजी गरिएको थियो।

श्रेष्ठ चितवनस्थित भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत छात्रा हुन्। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रकाशित: २ साउन २०८३ ११:१० | Saturday, July 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast