काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग राष्ट्रिय राजनीति, समसामयिक परिस्थिति, आगामी कार्यदिशाका बिषयमा सकारात्मक र परिणाममुखी छलफल भएको बताएका छन्।
मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले उक्त कुरा बताएका हुन्। उनले भने, ‘सुकुम्बासी समस्या समाधान गर्नको निमित्त चालिएको कदमलाई प्रभावकारी बनाउन पनि प्रधानमन्त्रीलाई सुझाव दिइएको छ।’
लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका गाडीहरूको विषयमा छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताए। उक्त घटनाका विषयमा पार्टीले आफ्नो धारणा विज्ञप्तिमार्फत सार्वजनिक गरिसकेको भन्दै छानबिन र कारबाही हुनुपर्ने पार्टीको स्पष्ट अडान रहेको बताएका हुन्।
उनले उक्त घटनामा रास्वपाका नेता वा कार्यकता जसको संलग्नता भए पनि कारबाही हुनुपर्ने बताए।



