फिफा विश्वकप २०२६

सेमिफाइनल पुग्न साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुँदै

हिमाल प्रेस २८ असार २०८३ ६:३२ | Sunday, July 12, 2026
6
SHARES
सेमिफाइनल पुग्न साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुँदै

काठमाडौँ- फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुँदैछन् । अमेरिकाको मिसौरीस्थित कान्सास सिटी स्टेडियममा हुने यो बहुप्रतीक्षित भिडन्त नेपाली समय अनुसार आइतबार बिहान ६:४५ बजे सुरु हुँदैछ ।

खेलअघि स्विट्जरल्यान्ड टोली चोटको समस्याबाट गुज्रिएको छ । उसका युवा स्टार मन्जाम्बी घुँडाको चोटका कारण र ज्याक्वेज मांसपेशीको समस्याका कारण टोलीबाहिर छन् भने एबिसर खेल्नेमा पनि शङ्का छ। उता अर्जेन्टिनी टोलीमा भने कुनै खेलाडी घाइते छैनन्, जसका कारण साविक विजेताले अघिल्लो खेलकै सेटलाई मैदान उतार्ने सम्भावना छ ।

अर्जेन्टिनाका लागि भने कप्तान मेसी नयाँ रेकर्ड कामय गर्ने सपनाका साथ मैदानमा हुनेछन्। विजेता टिमले सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित: २८ असार २०८३ ६:३२ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast