न्याय माग्दै मिटरब्याज पीडितले सुरु गरे जनकपुर–काठमाडौँ पैदल मार्च

हिमाल प्रेस २५ असार २०८३ १९:०८ | Thursday, July 9, 2026
14
SHARES
न्याय माग्दै मिटरब्याज पीडितले सुरु गरे जनकपुर–काठमाडौँ पैदल मार्च

काठमाडौँ- आफ्ना मागको सुनुवाई नभएको भन्दै मिटर ब्याजपीडितहरुले न्याय माग्दै जनकपुरदेखि काठमाडौँसम्म पैदल मार्च सुरु गरेका छन्।

बिहीबार जनकपुरमा फर्जी तमसुख लेखिएको पर्चा जलाउँदै मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको अगुवाईमा मिटरब्याज पीडितहरुले काठमाडौँसम्मको पैदल मार्च सुरु गरेका हुन्।

सरकारले आफूहरुसँग पटकपटक सहमति गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएकाले न्याय माग्दै पैदलै काठमाडौंँ आउन लागेको उनीहरुले जनाएका छन्।

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकोे गुनासो छ।

उनीहरुले फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी कानून बनाउनुपर्ने, पीडितको चल–अचल सम्पत्ति फिर्ता गराई दोषीलाई कानुनी कारबाही गर्नुपर्ने लगायतका माग राखेका छन्।

प्रकाशित: २५ असार २०८३ १९:०८ | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast