गठबन्धनमा देखिएको समस्या चाँडै समाधान हुन्छ : प्रचण्ड

हिमाल प्रेस २१ माघ २०७९ १९:०० | Saturday, February 4, 2023
गठबन्धनमा देखिएको समस्या चाँडै समाधान हुन्छ : प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्रको समस्या चाँडै नै समाधान हुने बताएका छन्। पार्टी स्थायी कमिटीको शनिबार बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

बैठकमा राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने र सहमति नभए विचार, दृष्टिकोण, उद्देश्य मिल्ने दलहरूसँग सहमति खोज्ने निर्णय भएको बैठकपछि पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि सहमतिको कोशिस गर्ने र सहमति नभए सरकारलाई समर्थन गरेको नेपाली कांग्रेससहित दलहरूसँग मिलेर अघि बढ्ने उनले बताए।

माओवादी सबै दलहरूसँग छलफल र सम्वादका लागि खुला रहेको र एमालेलाई बाहिर राखेर नभई सबै दल मिलेर अघि बढ्नुपर्ने अवस्था रहेको उनले जनाए।

गृहमन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई दिने या नदिने भन्नेमा रास्वपाको धारणा बुझ्ने र सोहीअनुरूप माओवादी अघि बढ्नेबारे बैठकमा छलफलमा भएको पौडेलको भनाइ छ।

प्रकाशित: २१ माघ २०७९ १९:०० | Saturday, February 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast