घट्यो सुनको भाउ, आज कति पुग्यो?

हिमाल प्रेस २१ असार २०८३ ११:०५ | Sunday, July 5, 2026
20
SHARES
घट्यो सुनको भाउ, आज कति पुग्यो?

काठमाडौँ– नेपाली बजारमा आइतबार (असार २१) सुनचाँदीको मूल्य सामान्य घटेको छ ।

गत शुक्रबार (असार १९)को तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै आइतबार सुनको मूल्य २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ६१५ रुपैयाँ थियो ।

प्रकाशित: २१ असार २०८३ ११:०५ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast