फिफा विश्वकप २०२६

यी हुन् प्रि-क्वाटरफाइनल पुग्ने १६ टिम, कसको कुन टोली छ अबको प्रतिस्पर्धी?

हिमाल प्रेस २० असार २०८३ १०:०२ | Saturday, July 4, 2026
10
SHARES
यी हुन् प्रि-क्वाटरफाइनल पुग्ने १६ टिम, कसको कुन टोली छ अबको प्रतिस्पर्धी?

काठमाडौँ- फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सकिएसँगै अन्तिम १६ टोलीहरूको टुंगो लागेको हो ।

४ पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो भएको क्रोएसिया, दाबेदार मानिएको नेदरल्यान्ड्स, एसियन पावरहाउस जापान, अफ्रिकन डार्क हर्स सेनेगलजस्ता टोली राउन्ड अफ ३२ बाटै बाहिरिएका छन् ।

साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, चौथो भएको मोरक्को, युरोपका शक्ति स्पेन, इंग्ल्यान्ड र बेल्जियम सहित १६ राष्ट्र अब अन्तिम आठका लागि प्रतिस्पर्धा गर्नेछन् । राउन्ड अफ ३२ को खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो । ब्राजिलले जापानलाई पराजित गर्दा जर्मनी पाराग्वेसँग टाइब्रेकरमा पराजित भयो ।

नेदरल्यान्ड्सलाई मोरक्कोले टाइब्रेकरमा पराजित गर्दा नर्वेले आइभरी कोस्टलाई अनि फ्रान्सले स्वीडेनलाई पराजित गरे्। मेक्सिकोले इक्वेडरलाई पराजित गर्‍यो, इंग्ल्यान्डले कङ्गोलाई अनि बेल्जियमले सेनेगललाई पराजित गर्‍यो । अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनाको चुनौती समाप्त गर्‍यो ।

स्पेनले अस्ट्रियालाई पराजित गर्दा पोर्चुगलले क्रोएसिया अनि स्विट्जरल्यान्डले अल्जेरियालाई पराजित गर्‍यो । इजिप्टले अस्ट्रेलियालाई टाइब्रेकरमा पराजित गर्‍यो । अर्जेन्टिनाले केप भर्डेलाई अनि कोलम्बियाले घानालाई पराजित गरेर राउन्ड अफ १६ मा स्थान पक्का गरे।

प्रकाशित: २० असार २०८३ १०:०२ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast