काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा मेक्सिको इक्वेडरविरुद्ध २-० को जितसहित अन्तिम १६ (प्रिक्वाटर्डफाइनल)मा प्रवेश गरेको छ।
मेक्सिको सिटी स्टेडियममा भएको खेलेको पहिलो हाफमा मेक्सिकोले २ गोल गरेको हो। खेलको दोश्रो हाफमा भने दुवै टोलीबाट कुनै गोल हुन सकेन। मेक्सिको विश्वकप २०२६ को सहआयोजक राष्ट्रसमेत समेत हो।
खेलको २१ औँ मिनेटमा जुलियन क्विनोनेसले पहिलो र ३१औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गरे। यसअघि मेक्सिकोले दक्षिण कोरियालाई १-० र चेक गणतन्त्रविरुद्ध ३-० को जित हात पारेको थियो।
उसले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गरेको थियो। मेक्सिको जारी विश्वकपमा अहिलेसम्म अपराजित रहँदै अन्तिम १६ मा पुगेको हो।
प्रकाशित: १७ असार २०८३ १०:०१ | Wednesday, July 1, 2026
प्रतिक्रिया




