टोखामा कजारिया रमेश टायल्सको नयाँ शोरुम

हिमाल प्रेस १६ असार २०८३ १४:५४ | Tuesday, June 30, 2026
टोखामा कजारिया रमेश टायल्सको नयाँ शोरुम

काठमाडौँ- कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौँको टोखा रोडमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै उपत्यकामा आफ्नो रिटेल सञ्जाल विस्तार गरेको छ।

जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा सञ्चालनमा आएको शोरुममार्फत स्थानीय घरधनी, निर्माण व्यवसायी तथा इन्टेरियर डिजाइनरलाई लक्षित गर्दै विश्वस्तरीय फ्लोर र वाल टायल्सका विविध उत्पादन सहज रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।

शनिबार आयोजित उद्घाटन समारोहमा कम्पनीका निर्देशक हिमांशु अग्रवाल र मिस कस्मो नेपाल दीपशिखा नेपाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा कम्पनीका वरिष्ठ अधिकारी तथा जगदम्बा इन्टरनेसनलका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

कम्पनीका अनुसार आधुनिक तथा ग्राहकमैत्री अवधारणामा निर्माण गरिएको शोरुममा ग्राहकले विभिन्न डिजाइन, टेक्स्चर, प्याटर्न र आकारका टायल्स प्रत्यक्ष अवलोकन तथा तुलना गर्दै आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नेछन्।

यसले घर निर्माण, मर्मत तथा व्यावसायिक परियोजनाका लागि उपयुक्त टायल छनोट गर्न सहज हुने विश्वास कम्पनीको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कम्पनीका निर्देशक हिमांशु अग्रवालले टोखा रोड र आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रमा गुणस्तरीय सेवा विस्तार गर्ने प्रतिबद्धताअनुसार नयाँ शोरुम सञ्चालनमा ल्याइएको बताए।

विश्वस्तरीय उत्पादन स्थानीय ग्राहकको पहुँचमा पुर्‍याएर घर निर्माण तथा मर्मतसम्भारलाई अझ सहज बनाउने उद्देश्य रहेको उनको भनाइ थियो।

कम्पनीका अनुसार शोरुम सर्वसाधारणका लागि खुला भइसकेको छ। टोखा रोड तथा आसपासका क्षेत्रका ग्राहकलाई नयाँ तथा प्रिमियम टायल्स कलेक्सन अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ।

कजारिया रमेश टायल्स लिमिटेडले उन्नत प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार टायल उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीले सुपरब्राण्ड २०२५, ‘एशियाज् मोस्ट प्रमिसिङ ब्रान्ड’ लगायतका अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको दाबी गरेको छ। साथै ISO 9001:2015 र ISO 14001:2015 प्रमाणीकरण, इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यता तथा अन्य गुणस्तर सम्बन्धी मान्यताले कम्पनीको विश्वसनीयता थप मजबुत बनाएको उल्लेख गरेको छ।

हाल नेपालभर कम्पनीका १०० भन्दा बढी शोरुम सञ्चालनमा रहेका छन्। कम्पनीले ३,००० भन्दा बढी डिजाइनका ग्लेज्ड भिट्रिफाइड, सेरामिक वाल तथा हेभी ड्युटी भिट्रिफाइड टायल्स उपलब्ध गराउँदै आएको जनाएको छ। यी उत्पादनहरू टिकाउ, पानी तथा दाग प्रतिरोधी गुणका कारण ग्राहकबीच लोकप्रिय रहेको कम्पनीको दाबी छ।

प्रकाशित: १६ असार २०८३ १४:५४ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast