फिफा विश्वकप २०२६

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा ‘अन्तिम १६’ मा

हिमाल प्रेस १५ असार २०८३ ७:३३ | Monday, June 29, 2026
12
SHARES
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा ‘अन्तिम १६’ मा

 

काठमाडौँ- दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको लस एन्जलस रंगशालामा आज भएको पहिलो नकआउट खेलमा दक्षिण अफ्रिकालाई १–० गोलअन्तरले पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

क्यानडाका लागि स्टेफेन युस्टाकियोले निर्णायक गोल गरे । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गरेको गोल नै निर्णायक साबित भयो । यससँगै तेस्रोपटक विश्वकप खेलिरहेको क्यानडा पहिलोपटक अन्तिम १६ मा पुग्न सफल भएको हो । क्यानडा यसअघि समूह चरणबाटै बाहिरिएको थियो ।

क्यानडा समूह ‘बी’ मा दोस्रो तथा दक्षिण अफ्रिका समूह ‘ए’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।

 

प्रकाशित: १५ असार २०८३ ७:३३ | Monday, June 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast