स्वास्थ्य मन्त्रालयले भन्यो- दश हजार भायल एन्टिरेबिज खोप मौज्दात

हिमाल प्रेस ११ असार २०८३ १४:३२ | Thursday, June 25, 2026
10
SHARES
स्वास्थ्य मन्त्रालयले भन्यो- दश हजार भायल एन्टिरेबिज खोप मौज्दात फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको हाल करिब १० हजार भायल एन्टिरेबिज खोप मौज्दात रहेको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले हाल केन्द्रीय, प्रादेशिक तथा जिल्लास्तरीय अस्पतालको भण्डारमा १० हजार ११ भायल एन्टिरेबिज खोप मौज्दात रहेको जानकारी दिए।

उनका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगमा दुई हजार ५०० भायल एन्टिरेबिज खोप प्राप्त भइसकको र थप चार हजार ५०० भायल खोप आगामी केही दिनभित्र प्राप्त हुने सुनिश्चित भएको छ।

उनले देशभर आवश्यक रेबिज रोकथाम तथा उपचार सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाएको छ।

मन्त्रालयले स्थानीय तहलाई कुकुर तथा अन्य जनावरको टोकाइ व्यवस्थापन तथा आवश्यक खोप सेवाको सहजीकरण गर्न अनुरोधसमेत गरेको छ। मन्त्रालयले उपलब्ध खोपको व्यवस्थित वितरण तथा व्यवस्थापनमार्फत सेवाको निरन्तरता कायम राख्न सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको सहप्रवक्ता डा.अधिकारीले जानकारी दिए।

उनका अनुसार, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा एन्टिरेबिज खोप करिब ४० दिनलाई पुग्ने मौज्दात रहेको रहेको बताए। स्वास्थ्य सेवा विभागबाट नियमित खरिद प्रक्रिया सम्पन्न भएपछि खोप आपूर्ति प्रणाली पूर्णरूपमा नियमित हुने अपेक्षा गरिएको बताए।

प्रकाशित: ११ असार २०८३ १४:३२ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast