नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने कम्पनी बन्यो डिगो

हिमाल प्रेस ९ असार २०८३ २२:०४ | Tuesday, June 23, 2026
नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने कम्पनी बन्यो डिगो

काठमाडौँ- डिसहोम डिजिटल प्रालि अन्तर्गत सञ्चालित डिगोले ‘ओटीटी’ लाइसेन्स प्राप्त गरेको छ।

सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रुपमा डिगो ओटीटीले चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम,प्रत्यक्ष प्रसारण, खेलकुद, वृत्तचित्र, बाल सामग्रीलगायत विविध प्रकारका गुणस्तरीय डिजिटल मनोरञ्जन सामग्री प्रसारण गर्दै आएको छ।

डिसहोम डिजिटलसँग रहेको आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुरुप आधिकारिक डिजिटल सामग्री वितरण गर्ने कम्पनीको क्षमता रहेको कम्पनीले जनाएको छ।

यसले नेपाली ओटीटी प्लेटफर्मलाई विश्वव्यापी डिजिटल मनोरञ्जनसँग जोड्ने दिशामा महत्वपूर्ण आधार तयार पारेको विश्वास लिइएको छ।

यसैक्रममा डिसहोम डिजिटल प्रालिले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीबमोजिम ओटीटी प्रसारण सेवासम्बन्धी आवश्यक प्रसारण इजाजतसमेत प्राप्त गरेको छ।

इजाजत प्राप्त गरेसँगै कम्पनीले नेपालको प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुरुप आधिकारिक रुपमा ओटीटी सेवा सञ्चालन गरिरहेको तथ्यालाई थप सुदृढ बनाएको छ।

आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकारसहित सञ्चालन हुनु नेपाली डिजिटल मनोरञ्जन उद्योगका लागि महत्वपूर्ण उपलब्धि रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ९ असार २०८३ २२:०४ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast