चितवनमा रास्वपा महाधिवेशनको उल्लास [तस्बिरहरू]

हिमाल प्रेस ७ असार २०८३ १४:१२ | Sunday, June 21, 2026
14
SHARES
चितवनमा रास्वपा महाधिवेशनको उल्लास [तस्बिरहरू]

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आइतबारदेखि सुरु भएको छ। महाधिवेशनलाई लक्षित गर्दै सभास्थल र आसपासको क्षेत्रमा सुरक्षाको कडा व्यवस्था मिलाइएको छ। नेपाल प्रहरीले महाधिवेशन क्षेत्रको निगरानी कडा बनाएको छ।

महाधिवेशन स्थलमा बिहानैदेखि पार्टीका सदस्य तथा प्रतिनिधिहरूको आगमन उल्लेख्य छ। देशभरबाट आएका प्रतिनिधिहरूले नाम दर्ता र प्रवेश प्रक्रिया पूरा गर्दै सभास्थलमा प्रवेश गरिरहेका छन्।

चितवनको बढ्दो गर्मीका बीच सहभागीहरूलाई सहज बनाउन उद्घाटन स्थलमा चिसो पेय पदार्थका रूपमा मोही वितरण गरिएको छ।

गर्मीबीच पनि सहभागीहरू उत्साहपूर्वक कार्यक्रमस्थलमा उपस्थित देखिएका छन्। केही सहभागीहरूले नाचगान गर्दै वातावरणलाई उत्सवमय बनाएका छन्।

महाधिवेशनमा राजनीतिक व्यक्तित्वहरूको समेत उपस्थिति देखिएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापालगायत भरतपुर विमानस्थलमार्फत चितवन आइपुगेका छन्।

प्रकाशित: ७ असार २०८३ १४:१२ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast