हिमेश पन्त रास्वपाको केन्द्रीय सदस्यमा लड्ने

हिमाल प्रेस ६ असार २०८३ ११:०२ | Saturday, June 20, 2026
6
SHARES
हिमेश पन्त रास्वपाको केन्द्रीय सदस्यमा लड्ने

काठमाडौँ- कमेडियन हिमेश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनले शनिबार भिडियो सन्देशमार्फत चितवनको भरतपुरमा असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनमा आफू केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धामा उत्रिने जानकारी दिएका हुन्।

पन्तले २०७९ सालमा संघीय निर्वाचनमा उम्मेदवार बनेको र २०८२ सालमा पार्टीका अन्य उम्मेदवारलाई अवसर दिन आफू सक्रिय रूपमा चुनावी अभियानमा खटिएको उल्लेख गरेका छन्। उनले संगठन निर्माण र पार्टी सुदृढीकरणलाई आफ्नो मुख्य प्राथमिकता बनाएको बताएका छन्।

 

प्रकाशित: ६ असार २०८३ ११:०२ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast