तीन नेपाली दूतावास बन्द गर्ने सरकारको घोषणा

हिमाल प्रेस १५ जेठ २०८३ २१:२९ | Friday, May 29, 2026
तीन नेपाली दूतावास बन्द गर्ने सरकारको घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै। तस्बिर : रासस

काठमाडौँ- सरकारले तीन देशमा रहेका नेपाली दूतावास बन्द गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास बन्द गर्ने घोषणा गरेका हुन्।

यसैगरी सरकारले छङ्दु, सानफ्रान्सिस्को स्थित महावाणिज्यदूतावास तथा विशाखापटनममा रहेको दूतावासको शाखा खारेज गर्ने पनि उनले बताए।

डा. वाग्लेले भने, ‘बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु, सानफ्रान्सिस्को स्थित महावाणिज्यदूतावास तथा विशाखापटनममा रहेको दूतावासको शाखा खारेज गर्नेछौँ।’

प्रकाशित: १५ जेठ २०८३ २१:२९ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast