बिर्तामोडमा एथर एक्सपिरियन्स सेन्टर उद्घाटन, देशभर ईभी नेटवर्क विस्तार

हिमाल प्रेस १० जेठ २०८३ १७:३९ | Sunday, May 24, 2026
बिर्तामोडमा एथर एक्सपिरियन्स सेन्टर उद्घाटन, देशभर ईभी नेटवर्क विस्तार

काठमाडौँ- नेपालको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर इनर्जी अन्तर्गतको एथर नेपाल ले बिर्तामोडमा आफ्नो नयाँ एथर एक्सपिरियन्स सेन्टर को औपचारिक उद्घाटन गरेको छ। यससँगै कम्पनीले नेपालमा विद्युतीय सवारी साधन (ईभी) को विस्तारलाई थप तीव्र बनाउने लक्ष्य लिएको जनाएको छ।

उक्त एक्सपिरियन्स सेन्टर को उद्घाटन आइतबार भुर्तेल इनर्जी प्रालि को डिलर व्यवस्थापन अन्तर्गत सम्पन्न भएको हो। कम्पनीका अनुसार यो विस्तारले नेपालभर आधुनिक, स्मार्ट र दिगो यातायात समाधानलाई अझ सहज रूपमा ग्राहकसम्म पुर्‍याउने अभियानलाई बल पुर्‍याउनेछ।

एथर नेपालका अनुसार बिर्तामोड केन्द्र सञ्चालनमा आएसँगै देशभर कुल ११ वटा एक्सपिरियन्स सेन्टर पुगेका छन्। काठमाडौँ उपत्यकामा ५ सहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर र अब बिर्तामोडमा समेत यसको उपस्थिति विस्तार भएको छ।

त्यसैगरी, देशभर १० वटा अथोराइज्ड सर्भिस सेन्टर मार्फत बिक्रीपछिको सेवा (आफ्टर–सेल्स सर्भिस) पनि उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ।

नयाँ केन्द्रमा एथरका सम्पूर्ण उत्पादन लाइनअप प्रदर्शनमा राखिएको छ। जसमा पर्फर्मेन्स–फोकस्ड एथर ४५० सिरिज र फ्यामिली–ओरिएन्टेड एथर रिज्टा समावेश छन्।

एथर ४५० सिरिजमा गुगल म्याप्स नेभिगेसन, अटोहोल्ड, रिभर्स मोड, मल्टिपल राइड मोड्स, टचस्क्रिन ड्यासबोर्ड लगायतका स्मार्ट फिचरहरू छन्।

त्यसैगरी एथर रिज्टालाई पारिवारिक प्रयोग र दैनिक यात्रालाई ध्यानमा राखेर डिजाइन गरिएको बताइएको छ, जसमा ठूलो सिट, पर्याप्त स्टोरेज, ट्र्याक्सन कन्ट्रोल, सेफ्टी अलर्ट्स तथा कनेक्टेड नोटिफिकेसन्स जस्ता सुविधा समावेश छन्।

एथर नेपालले देशभर ४० भन्दा बढी फास्ट चार्जिङ नेटवर्क (एथर ग्रिड) विस्तार गरिरहेको जनाएको छ। बिर्तामोड, धरान र इटहरी लगायत स्थानहरूमा हाल फास्ट चार्जिङ सुविधा उपलब्ध रहेको छ।

ग्राहकहरूले एक्सपिरियन्स सेन्टर मार्फत टेस्ट राइड, फाइनान्सिङ जानकारी, एक्सचेन्ज सुविधा, ईभी परामर्श तथा चार्जिङ सम्बन्धी जानकारी लिन सक्नेछन्।

विशेष अफर

  • एक्सटेन्डेड ब्याट्री वारेन्टी
  • ० प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा
  • एक्सचेन्ज भ्यालुएसन बेनेफिट्स

वैद्य इनर्जी प्रालि का अनुसार नेपालमा स्वच्छ, दिगो र प्रविधियुक्त यातायात प्रणाली विकास गर्न एथरले आफ्नो ईभी इकोसिस्टम विस्तारलाई निरन्तरता दिनेछ।

कम्पनीले स्मार्ट प्रविधि, विश्वसनीय सेवा र चार्जिङ पूर्वाधारमार्फत नेपालमा इलेक्ट्रिक मोबिलिटी लाई नयाँ चरणमा लैजाने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित: १० जेठ २०८३ १७:३९ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast