काठमाडौँ- सिंहदरबारस्थित संघीय संसद् भवनमा निर्माणाधीन प्रतिनिधिसभाको नयाँ बैठक कक्ष आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुतिका लागि तयारी अवस्थामा पुगेको छ।
सरकारले यही जेठ १५ गते सार्वजनिक गर्ने बजेट भाषण नयाँ सभा कक्षबाट गर्ने तयारी गरेको छ।
आधुनिक प्रविधिसहित निर्माण भइरहेको उक्त बैठक कक्षमा सांसदहरूका लागि व्यवस्थित सिट, ध्वनि प्रणाली तथा डिजिटल प्रविधिको व्यवस्थापन गरिएको छ।
नयाँ सभा कक्ष सञ्चालनमा आएपछि संसद् बैठक सञ्चालन थप व्यवस्थित, प्रभावकारी र सुविधासम्पन्न हुने संसद् सचिवालयले जनाएको छ।





तस्बिरहरू : रासस
प्रकाशित: ६ जेठ २०८३ १७:५२ | Wednesday, May 20, 2026
प्रतिक्रिया




