काभ्रेमा बर्ड फ्लुको संक्रमण पुष्टि

हिमाल प्रेस ६ जेठ २०८३ ११:२६ | Wednesday, May 20, 2026
4
SHARES
काभ्रेमा बर्ड फ्लुको संक्रमण पुष्टि

काभ्रे- काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नं। २ स्थित २६ बाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणमा बर्ड फ्लु प्रमाणित भएको हो ।

नगरपालिकाका अनुसार मरेका कागहरूमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर पठाइएको थियो । उक्त प्रयोगशालाले जेठ ४ गते सार्वजनिक गरेको परीक्षण प्रतिवेदनअनुसार मोलिकुलर विधिबाट परीक्षण गर्दा ‘लो प्याथोजेनिक–एच ९ प्रमाणित भएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

बर्ड फ्लु पुष्टि भएसँगै नगरपालिकाले यसबाट हुन सक्ने सम्भावित क्षति र जनस्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरणका लागि नगरवासी र सरोकारवालाहरूमा उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

प्रकाशित: ६ जेठ २०८३ ११:२६ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast