मन्त्रालयको नाम परिवर्तन हुँदा यसरी तोकियो मन्त्रीहरूको जिम्मेवारी

हिमाल प्रेस ३१ वैशाख २०८३ १७:५९ | Thursday, May 14, 2026
32
SHARES
मन्त्रालयको नाम परिवर्तन हुँदा यसरी तोकियो मन्त्रीहरूको जिम्मेवारी

काठमाडौँ- सरकारले मन्त्रालयको संख्या घटाएर नाम पनि परिवर्तन गरेपछि सोहीआधारमा मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको जिम्मेवारी तोकेका हुन्।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत गर्दे प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको संख्या २२ बाट १८ बनाएको थियो। प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालू खर्च कटौती गर्ने तथा कार्यसम्पादन प्रभावकारी र छरितो बनाउन मन्त्रालय संख्या घटाइएको दाबी सरकारको छ।

यस्तो छ मन्त्रालय र मन्त्रीहरूको जिम्मेवारी

वालेन्द्र शाह : प्रधानमन्त्री, रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन

डा. स्वर्णिम वाग्ले : अर्थमन्त्री

शिशिर खनाल : परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

सुनिल लम्साल :  पूर्वाधार विकास मन्त्री

सोविता गौतम : कानुन, न्याय तथा संसदीय मामिला

सीता बादी : महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

प्रतिभा रावल  : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

निशा मेहता : स्वास्थ्य तथा खाद्य स्वच्छता

सस्मित पोखरेल : शिक्षा तथा खेलकुद

खडकराज पौडेल  :  संस्कृति,पर्यटन तथा नागरिक उड्डयन

डा. विक्रम तिमिल्सिना : सूचना तथा सञ्चार

गीता चौधरी : कृषि, वन तथा पर्यावरण

गौरी कुमारी : उद्योग, वाणिज्य तथा आपूर्ति

रामजी यादव  : युवा, श्रम तथा रोजगार

प्रकाशित: ३१ वैशाख २०८३ १७:५९ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast