प्रधानन्यायाधीशमा अहिलेसम्मको राम्रो सिफारिस : सरकार

हिमाल प्रेस २५ वैशाख २०८३ १३:४३ | Friday, May 8, 2026
12
SHARES
प्रधानन्यायाधीशमा अहिलेसम्मको राम्रो सिफारिस : सरकार

काठमाडौँ- सरकारले यसपटक कार्यक्षमताका हिसाबले प्रधानन्यायाधीशमा अहिलेसम्मकै राम्रो व्यक्ति सिफारिस भएको दाबी गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले मुद्दाको फर्स्योट  र कार्यक्षमता हेरेर प्रधानन्यायाधीश सिफारिस गर्ने अहिलेसम्मकै सबैभन्दा राम्रो प्रक्रिया भएको दाबी गरेका हुन्।

उनले न्याय क्षेत्र सुधारका लागि नीतिगत रुपमा नै सुधार गर्ने प्रयास भएको समेत बताए। प्रधानन्यायाधीश सिफारिस गर्दा राजनीतिक नियुक्ति जस्तो देखिने गरेकोमा कार्यक्षमताका हिसाबमा सिफारिस भएको सम्भवतः पहिलो पटक भएको उनको भनाइ छ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि उनको पक्ष र विपक्षमा अभिव्यक्तिहरू आइरहेका छन्।

प्रवक्ता पोखरेलले संघमा अधिकतम १८ वटा मन्त्रालय बनाउने गरी मन्त्रालय गाभिने प्रक्रियाको काम छिटै सम्पन्न हुने जानकारी दिए।

प्रकाशित: २५ वैशाख २०८३ १३:४३ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast