चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई, ‘प्लेयर अफ द म्याच’ बनिन् सरू लिम्बु

हिमाल प्रेस १५ वैशाख २०८३ ७:४५ | Tuesday, April 28, 2026
2
SHARE
चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई, ‘प्लेयर अफ द म्याच’ बनिन् सरू लिम्बु

झापा-  प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले हात पारेको छ। एपीएफले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।

उपाधिसँगै एपीएफले नगद ११ लाख रुपैयाँ पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आर्मीले पाँच लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाएको छ। एपीएफको जितमा निर्णायक गोल रश्मीकुमारी घिसिङले गरिन्। खेलको ७२औँ मिनेटमा कप्तान अनिता बस्नेतले दिएको पासलाई घिसिङले हेडमार्फत जाली चुमाएकी थिइन्।

खेलको ‘प्लेयर अफ द म्याच’ एपीएफकी सरू लिम्बु घोषित भइन्। उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी रेनुका नगरकोटी घोषित भइन्। उनले नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरिन्।

उत्कृष्ट गोलकिपर एपीएफकी अञ्जना राना मगर, डिफेन्डर गीता राना ९एपीएफ०, मिडफिल्डर दिपा शाही ९आर्मी०, उच्च गोलकर्ता रश्मीकुमारी घिसिङ ९एपीएफ० तथा राइजिङ प्लेयर सबनम राई ९आयोजक चन्द्रगढी युवा क्लब० घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

यही वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको लक्ष्मी रानीबाई स्पोट्र्स एकेडेमी, सशस्त्र प्रहरीको एपीएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुङ्गाको पद्मा स्पो क्लबको सहभागिता रहेको थियो।

प्रकाशित: १५ वैशाख २०८३ ७:४५ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast