कालीगण्डकी नदी। फाइल तस्बिर
पाल्पा- कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मंगलबार दिउँसो करिब ४:४० बजे बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा स्थानीय ३९ वर्षीय शरण भुसाल र २९ वर्षीय तोयनाथ बस्याल डुबेर बेपत्ता भएका हुन्।
घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर खोज तथा उद्धार कार्य सुरु गरिएको थियो।
खोजतलासका क्रममा आज बिहान ७:५५ बजे सोही नदीको बीच भागबाट बगनासकाली-९ चापपानी निवासी २९ वर्षीय तोयनाथ बस्यालको शव फेला परेको प्रहरीले जनाएको छ।
अर्का बेपत्ता शरण भुसालको खोजी कार्य भने जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ।
प्रकाशित: २ वैशाख २०८३ १२:४८ | Wednesday, April 15, 2026
प्रतिक्रिया




