काठमाडौँ- गोंगबुस्थित विनायक अस्पताल अगाडि हाइटेक भिजन प्रा.लि.को नयाँ शाखा सञ्चालनमा आएको छ। कम्पनीले आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर शुक्रबार उक्त शाखा उद्घाटन गरेको हो।
कार्यक्रमका अवसरमा कम्पनीका प्रतिनिधिले विगत ९ वर्षको यात्रालाई स्मरण गर्दै सुरुवाती दिनहरू सहज नभएको बताए।
प्रारम्भिक चरणमा समयमै उपलब्ध गराउन नसक्ने अवस्था, बजारमा विश्वास जित्न कठिनाइजस्ता समस्याहरू सामना गर्नुपरेको उनले बताए।
तथापि ग्राहकहरूको निरन्तर साथ, विश्वास र सहयोगकै कारण कम्पनी आजको अवस्थामा आइपुगेको उनको भनाइ थियो।
उनका अनुसार व्यवसाय सफल बनाउन सबैभन्दा महत्वपूर्ण पक्ष ग्राहक र व्यवसायीबीचको विश्वासपूर्ण सम्बन्ध हो। ‘ग्राहकले हाम्रो सेवा र सामानप्रति विश्वास गरेपछि मात्रै व्यापार अघि बढ्छ,’ उनले भने।
कम्पनीले परिमाणभन्दा गुणस्तरलाई प्राथमिकता दिएको र थोरै भए पनि गुणस्तरीय सामान उपलब्ध गराउने नीति अपनाइएको उनले जानकारी दिए।
वार्षिकोत्सवको अवसरमा कम्पनीले विभिन्न छुट तथा उपहार योजनासहित बिक्री वितरण गरिरहेको छ।
कार्यक्रममा सहभागी ग्राहकहरूले पनि कम्पनीको सेवा र सामानप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।
एक ग्राहकले पहिलो पटक सोरुम अवलोकन गर्दा सामानको गुणस्तर राम्रो लागेको र छुटको सुविधा पनि आकर्षक रहेको बताए।
कम्पनीले अनलाइन माध्यमबाट समेत ग्राहकहरूसम्म पुग्न सफल भएको उल्लेख गर्दै देशविदेशबाट प्राप्त समर्थनप्रति आभार व्यक्त गरेको छ।
तस्बिरहरू





