प्रधानमन्त्री शाहले गरे सुदूरपश्चिमका सांसदहरूसँग छलफल (तस्बिरहरू)

हिमाल प्रेस १७ चैत २०८२ १५:०४ | Tuesday, March 31, 2026
14
SHARES
प्रधानमन्त्री शाहले गरे सुदूरपश्चिमका सांसदहरूसँग छलफल (तस्बिरहरू)

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशगत रूपमा प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।

सोमबार सिंहदरबारमा कोशी र कर्णालीका सांसदसँग छलफल गरेका प्रधानमन्त्रीले आज सुदूरपश्चिमका सांसदहरूसँग छलफल गरेका हुन्।

सो क्रममा प्रधानमन्त्री शाहले सांसदहरूसँग सुझाव माग गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सांसदहरूले बजेट माग गर्नुका साथै सुशासन र भौतिक पूर्वाधारका विषयमा सुझाव दिएका पनि सचिवालयले जनाएको छ।

 

प्रकाशित: १७ चैत २०८२ १५:०४ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast