काठमाडौँ- चन्द्र पन्तको निर्देशनमा निर्माण हुने फिल्म ‘आ बाट आमा २’ मा कलाकार आकाश श्रेष्ठ अनुबन्ध भएका छन्। फिल्मका निर्देशक चन्द्र पन्तले आकाशलाई फिल्मको मुख्य भूमिकामै अनुबन्ध गरेको जानकारी दिए।
उनले भने, ‘हामीले फिल्मको कथा अनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ। यसअघि मुख्य कलाकारमा अभिनेता पल शाह र अभिनेत्री विपना थापा अनुबन्धित गरिसकेका छौँ।’
आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा टिमले यसअघि विपना थापा र पल शाहसँग सम्झौता गरेको थियो। उनीहरू दुबै पहिलो भागका कलाकार हुन्।
यस बाहेक अन्य कलाकारको बारेमा निर्माण पक्षले केहि खुलाएको छैन। फिल्म वैशाखबाट छायांकन सुरु गरिने टिमले जनाएको छ। फिल्मको कथा निर्देशक पन्तले नै लेखेका हुन्।
हलमा चलिरहेको फिल्म ‘आ बाट आमा’ले १३ करोडभन्दा माथीको व्यापार गरिसकेको छ। पहिलो भाग सुपरहिट भएपछि निर्देशक पन्तले यसको दोस्रो भाग निर्माण गर्न लागेको हुन्।




