स्वस्तिक आयल इन्डस्ट्रिजलाई भन्सार कार्यालयको सम्मान

हिमाल प्रेस १३ माघ २०७९ १८:३३ | Friday, January 27, 2023
स्वस्तिक आयल इन्डस्ट्रिजलाई भन्सार कार्यालयको सम्मान

काठमाडौँ– केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिलाई विराटनगर भन्सार कार्यालयले सम्मान गरेको छ। गत आर्थिक वर्ष ०७८/७९ मा उक्त कार्यालयको राजस्व संकलनमा सबैभन्दा बढी योगदान दिएकोमा स्वस्तिक आयललाई सम्मान गरिएको हो।

भन्सार कार्यालयले स्वस्तिक आयललाई अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा प्रशंसापत्र हस्तान्तरण गरेको छ। स्वस्तिक आयल इन्डस्ट्रिजले स्वस्तिक सोयाविन तेल, धारा हेल्थ, सन्फ्लो, सन्फ्लावरजस्ता खाद्य तेल उत्पादन तथा वितरण गर्दै आएको छ।

प्रकाशित: १३ माघ २०७९ १८:३३ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast