शिक्षामा राजनीतिकरण हटाउनुपर्छ, जुनसुकै दलसँग पनि सहकार्य गर्छु : सांसद पुन

हिमाल प्रेस १२ चैत २०८२ १६:४१ | Thursday, March 26, 2026
88
SHARES
शिक्षामा राजनीतिकरण हटाउनुपर्छ, जुनसुकै दलसँग पनि सहकार्य गर्छु : सांसद पुन

काठमाडौँ- निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुनले शिक्षामा देखिएको राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने बताएका छन्।

आज सिंहदरबारमा सांसदको शपथग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै पुनले भने, ‘शिक्षामा राजनीतिकरण हटाउनुपर्छ। राजनीतिकरणले विश्वविद्यालय, विद्यालय शिक्षा, प्राविधिक शिक्षा अस्तव्यस्त बनाएको छ। यो सबै हटाउनुपर्छ।’

उनले नेपालमा विज्ञान तथा प्रविधिको विकासका लागि अनुसन्धान केन्द्र र नवप्रवर्तन केन्द्रको आवश्यकता औँल्याउँदै त्यसतर्फ आफू प्रतिबद्ध रहेको जनाए।

‘नेपालमा विज्ञान प्रविधिको विकासका लागि अनुसन्धान केन्द्र, नवप्रवर्तन केन्द्र चाहिन्छ। कसैले वास्ता गरेन भने पनि त्यसका लागि मरिमेटेर लाग्छु,’ उनले भने।

पुनले आफू सहकार्यमा विश्वास गर्ने उल्लेख गर्दै सबै दलसँग मिलेर काम गर्ने धारणा राखे। ‘जुनसुकै दलसँग पनि सहकार्य हुन्छ। झगडा गर्दिनँ। मिल्छु। काम गर्छु। राम्रो काम गर्नेलाई सहयोग गर्छु,’ उनले बताए।

प्रकाशित: १२ चैत २०८२ १६:४१ | Thursday, March 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast