एजेन्सी म्यानेजरहरूलाई सफ्टवेयर सिस्टममा पहुँच दिँदै हिमालयन लाइफ

हिमाल प्रेस २९ फागुन २०८२ १७:०३ | Friday, March 13, 2026
एजेन्सी म्यानेजरहरूलाई सफ्टवेयर सिस्टममा पहुँच दिँदै हिमालयन लाइफ

काठमाडौँ- हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत रहेका एजेन्सी मेनेजरहरूलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेस गर्नका लागि कम्पनीको सफ्टवेयर सिस्टममा पहुँच दिने भएको छ। एजेन्सी मेनेजरले घरमा वा कार्यालयमा बसेर बीमा प्रस्ताव कम्पनीमा पेस गर्न सहज बनाउने उद्देश्यले यस प्रकारको पहुँच दिएको कम्पनीले जनाएको छ।

एजेन्सी मेनेजरलाई दिइएको यो सुविधाले बीमा प्रस्ताव स्वीकृत गर्न कम्पनीमा पुग्नै नपर्ने र घर वा एजेन्सीको आफ्नै कार्यालयमा बसेर काम गर्न सकिने अवस्था बनेको कम्पनीको भनाइ छ।

कम्पनीले एजेन्सी मेनेजरहरूलाई अण्डरराइटरको हिस्सा बनाउने अभिप्रायबाट यस प्रकारको सुविधाको व्यवस्था गरिएको र निश्चित शर्तहरू पूरा गरेपछि एजेन्सी मेनेजरहरुलाई यो सुविधामा पहुँच दिइने कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिलकुमार दाहालले जानकारी गराए।

प्रकाशित: २९ फागुन २०८२ १७:०३ | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast