म्यान्चेष्टर युनाइटेड काराबाओ कपको फाइनलमा

हिमाल प्रेस १२ माघ २०७९ ९:२६ | Thursday, January 26, 2023
म्यान्चेष्टर युनाइटेड काराबाओ कपको फाइनलमा

काठमाडौँ- नटिङहम फरेस्टमाथि फराकिलो गोल अन्तर निकाल्दै म्यान्चेष्टर युनाइटेड काराबाओ कप (इएफएल)को सेमिफाइनल पुगेको छ। बुधबार रातिको खेलमा म्यान्चेष्टरले फरेस्टलाई ३–० गोल गर्दै सेमिफाइनल यात्रा निश्चित गरेको हो।

युनाइटेडलाई जिताउन मार्कस रासफोर्डले छैटौं मिनेटमा पहिलो गोल गरे। यस्तै वाउट वेघोस्टले ४५औं र ब्रुनो फर्नान्डेजले ८९औं मिनेटमा गोल गरे। यता फरेस्टले भने सान्तवना गोल समेत फर्काउन सकेन।

यी दुई टोलीबीचको दोस्रो लिग आगामी बुधबार हुनेछ। अर्को सेमिफाइनलको पहिलो लिगमा न्युकासलले साउथह्याम्पटनलाई १–० ले पराजित गरेको थियो। यो जितपछि युनाइटेडको वेम्बलीमा हुने फाइनल यात्रा तयजस्तै भएको छ।

प्रकाशित: १२ माघ २०७९ ९:२६ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast