काठमाडौँ- निर्वाचन आयोगले धनुषा-१ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको छ। कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम देखिएकाले साहको उम्मेदवारी खारेज भएको आयोगको भनाइ छ।
उनको कमल कन्ट्रक्सन कालोसूचीमा रहेको प्रमाणसहित उजुरी परेको बताइएको छ। सोही आधारमा आयोगले उम्मेदवारी खारेज गरेको हो।
धनुषा १ मा एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाट राम पल्टन साह, नेकपाबाट मातृका प्रसाद यादव उम्मेदवार छन्।
प्रकाशित: १९ फागुन २०८२ १५:३५ | Tuesday, March 3, 2026
प्रतिक्रिया





