सूर्यज्योति लाइफको ‘सेल्स कन्भेन्सन’

हिमाल प्रेस ११ माघ २०७९ १७:५५ | Wednesday, January 25, 2023
सूर्यज्योति लाइफको ‘सेल्स कन्भेन्सन’

काठमाडौँ- चितवनको सौराहामा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सेल्स कन्भेन्सन’ आयोजना गरेको छ।

प्राविधिक तथा बजार व्यवस्थापन कार्यक्षमता अभिवृद्धिका लागि गरिएको कार्यक्रममा तीन सयभन्दा बढी कर्मचारीको सहभागिता थियो।

कार्यक्रममा देशभरका क्षेत्रीय प्रमुख, प्रदेश प्रमुख, क्षेत्रीय प्रबन्धक, शाखा प्रबन्धक, सेल्स एक्जुकेटिभलगायतको सहभागिता थियो। कम्पनीका कर्पोरेट ट्रेनर रविन कटुवालले व्यक्तित्व विकास र सेल्ससम्बन्धी तालिम दिएका थिए।

व्यवसायिक लक्ष्य हासिल गर्ने ४८ जनालाई सम्मानसमेत गरिएको थियो। कार्यक्रमले कर्मचारीहरूलाई उत्साहित र थप ऊर्जावान बनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशबिक्रम खत्रीले जानकारी दिए।

प्रकाशित: ११ माघ २०७९ १७:५५ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast