काठमाडौँ- आज फागुनकोे तेस्रो शनिबार। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनले देश चुनावमय भएको छ। गाउँदेखि सहर र विदेशसम्मै चुनावी सरगर्मी चलिरहेको समयमा त्यसको प्रभाव कलाक्षेत्रमा अवश्य नै परेको छ। साहित्यिक कार्यक्रमदेखि फिल्म, नाटक, कला प्रदर्शनीहरू रोकिएका छन्। यसैबीचमा पनि शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरू केके छन् भनेर विवरण संकलन गरेका छौँ।
चुनावी माहोलबाट केही समय पर रहन चाहाने जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
सधैँको साताझैँ यो शनिबार कहाँ के के हुँदैछ त?
कौशी थिएटरमा ‘प्राइमा फेसिया’
टेकुस्थित कौशी थिएटरमा फागुन ७ देखि नाटक ‘प्राइमा फेसिया’ मञ्चन भइरहेको छ। नाटकको आज अन्तिम दुई सो मञ्चन हुँदैछ। दिउँसो १ बजे र साँझ ५ः १५ बजे।
नाटक अस्ट्रेलियाका नाटककार सुजी मिल्लरले लेखेका हुन्। दुर्गा कार्कीले अनुवाद गरेको नाटक आकांक्षा कार्कीले निर्देशन गरेकी छन्। नाटकमा नाट्यकर्मी पशुपति राईको एकल अभिनय छ। उनी टेस्सा पात्रको भूमिकामा छिन्।
नाटकमा यौन दुव्र्यवहारको आरोप लागेका पुरूषहरूको वकालत गर्ने टेस्सा स्वं यौन हिंसाबाट पीडित बनेपछिको कथा प्रस्तुत गरिएको छ।
हलमा कुन कुन फिल्म
स्क्रिम ७
अंग्रेजी फिल्म ‘स्क्रिम ७’ फागुन १५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। हरर जनरामा बनेको फिल्म केभिन विलियमसनले निर्देशन गरेका हुन्। फिल्ममा नेभ क्याम्पबेल, कोर्टनी कोक्स, म्याकेना ग्रेसलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स, सिभिल मल, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको ११ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, एनबी सेन्टर र विश्वज्योति मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, एफक्युब सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा फिल्म ‘स्क्रिम ७’ चलिरहेको छ।
प्रवासी जीवन
फिल्म ‘प्रवासी जीवन’ फागुन १५ देखि हलमा प्रदर्शन भइरहेको छ। श्याम क्षेत्री र राम अधिकारीले निर्देशन गरेको फिल्ममा अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको स्रघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। फिल्ममा राजेश हमाल, सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एञ्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रिकोटीलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको ४ सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, एनबी सेन्टर र विश्वज्योति मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘प्रवासी जीवन’ चलिरहेको अन्य हल हुन्।
क्राइम १०१
अंग्रेजी फिल्म ‘क्राइम १०१’ फागुन ७ देखि नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर, क्राइम र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक बार्ट लेटन हुन्। फिल्ममा कलाकार क्रिस हेम्सवर्थ, मार्क रुफालो, बेरी मुख्य भूमिकामा छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल र लबिम मल र बिग मुभिजमा फिल्मको सो छ।
कुमारी
फिल्म ‘कुमारी’ माघ २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक दिनेश राउत हुन्। प्रेम कथामा आधारित फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। उनीहरूकै प्रेमकथा, पारिवारिक उतारचढाव फिल्ममा देखाइएको छ।
शनिबार एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।
रमिताको पिरती
फिल्म ‘रमिताको पिरती’ पनि माघ २३ देखि नै हलमा प्रदर्शनरत छ। यो ब्रेकअपको कथामा बनेको फिल्म हो। फिल्मकी निर्देशक सुदिप्ता हुन्। आना शर्मा मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकार विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङलगायत कलाकार छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको लबिम मल, सिटी स्क्वायर मल, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, फिल्म ‘रमिताको पिरती’ चलिरहेको छ।
आ बाट आमा
फिल्म ‘आ बाट आमा’ माघ १६ देखि हलमा प्रदर्शन भइरहेको छ। आमाको कथामा बनेको फिल्मका निर्देशक चन्द्र पन्त हुन्। फिल्ममा भारतीय कलाकार प्रदीप रावत, अभिनेत्री विपना थापा र पल शाह मुख्य भूमिकामा छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल, सिटी स्क्वायर मलमा फिल्मको १४ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, बिग मुभिज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
ओ रोमियो
बलिउड फिल्म ‘ओ रोमियो’ फागुन १ देखि नेपालमा पनि प्रदर्शन भइरहेको छ। फिल्मका निर्देशक विशाल भारद्वाज हुन्। शाहिद कपुर मुख्य भूमिकामा रहेको फिल्ममा विक्रान्त मेस्सी, तृप्ति डिमरी, तमन्ना भाटियालगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, भाटभटेनी भक्तपुर, छाया सेन्टर, लबिम मल, दरबार सिनेम्याक्स, सिभिल मल र सिटी स्क्वायर मलमा फिल्मको १३ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत एनबी सेन्टर, लोत्से मल र विश्वज्योति मल, बिग मुभिज, एफक्युब सिनेमाज, बिएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।
तु या मे
हिन्दी फिल्म ‘तु या मे’ नेपालमा प्रदर्शन भइरहेको छ। फिल्म थ्रिलर र रोमान्स जनरामा बनेको छ। बेजोय नाम्बियारले निर्देशन गरेको फिल्ममा आदर्श गौरव र शनाया कपूर मुख्य भूमिकामा छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको दरबार सिनेम्याक्समा फिल्मको एक सो छ।
वादरिङ हाइट्स
अंग्रेजी फिल्म ‘वादरिङ हाइट्स’ नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र रोमान्स जनरामा बनेको फिल्मका निर्देशक एमेरल्ड फेनेल हुन्। फिल्ममा मार्गोट रोबी, जेकब एलोर्डी, होङ चाय, शाजाद लतिफलगायत कलाकारले अभिनय गरेका छन्।
शनिबार क्युएफएक्स सिनेमाअन्तर्गत उपत्यकाको राइजिङ मल, छाया सेन्टर र बिग मुभिजमा फिल्म चलिरहेको छ।






