राष्ट्रिय लिग : पुलिस क्लबको सहज जित

हिमाल प्रेस १४ फागुन २०८२ १५:०१ | Thursday, February 26, 2026
22
SHARES
राष्ट्रिय लिग : पुलिस क्लबको सहज जित

काठमाडौँ- काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिगमा नेपाल पुलिस क्लबले सहज जित निकालेको छ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिस क्लबले नव जनजागृति क्लबलाई ७–० गोल अन्तरले पराजित गरेको हो।

पुलिसको जितमा सञ्जीव लामा र धीरेन्द्रबहादुर शाहले समान २–२ गोल गरेका थिए। त्यस्तै भरत शाह, दशरथ गिरी र विजय उरानले १–१ गोल गरे।

जितसँगै ७ खेल खेलेको पुलिसको ७ अंक भएको छ भने नव जनजागृति क्लब अंकविहीन रहँदै तालिकाको पुछारमा रहेको छ।

प्रकाशित: १४ फागुन २०८२ १५:०१ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast