काठमाडौँ- निर्देशक अनिल बुढा मगरले फिल्म ‘मितज्यू’को छायांकन सकेका छन्। एक महिनामै फिल्मको छायांकन सकेको निर्माता जनक घर्ती मगरले बताए।
उनका अनुसार फिल्म दाङ र रोल्पाका विभिन्न स्थानमा छायांकन गरिएको छ। फिल्मको कथा सामाजिक कथावस्तुमा आधारित छ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, स्मिता लामिछाने, खड्गबहादुर पुन मगर (खबपु) पवित्रा खड्कालगायत कलाकारको अभिनय छ। यही फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।
फिल्ममा प्रभात विष्टको द्वन्द्व निर्देशन, नवीन श्रेष्ठको साउन्ड डिजाइन, श्रीकृष्ण बम मल्लको संगीत रहनेछ।
फिल्म आगामी वर्ष २०८३ जेठ १५ मा प्रदर्शन गर्ने टिमको तयारी छ।
निर्देशक मगरको यो दोस्रो फिल्म हो। यसअघि उनले ‘घरज्वाइँ’ निर्देशन गरेका थिए। जुन बक्स अफिसमा सफल बन्यो।





