कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा नेपाल-भारत स्टार्टअप कनेक्ट

हिमाल प्रेस ११ माघ २०७९ १२:२८ | Wednesday, January 25, 2023
कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा नेपाल-भारत स्टार्टअप कनेक्ट

काठमाडौँ- नेपालका लागि भारतीय राजदूतावासले नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्चसँग सहकार्य गरी ‘भारत-नेपाल स्टार्टअप कनेक्ट’को आयोजना गरेको छ।

नेपाल र भारतका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन दुई देशबीच कूटनीति सम्बन्ध स्थापना भएको ७५ वर्षको उपलक्ष्यमा यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले लिएको जी–२० को अध्यक्षता र जी–२० फाइनान्स ट्रयाकमा नेपालको सहभागीताबारे चर्चा गरे।

उनले वित्तीय समावेशीकरण र स्टार्टअप दुवै मुलुकको भविष्य भएको बताएका थिए। नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारीले ‘डिजिटल नेपाल’ अवधारणा प्रस्तुत गरेका थिए। उनले भने, ‘आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रबर्द्धक वर्षको रूपमा मनाउने तयारीसमेत भइरहेको छ।’

गर्भनर अधिकारीले अन्तरदेशीय भुक्तानी कारोबार तथा क्युआर भुक्तानीलाई वित्तीय सहकार्य क्षेत्रको रूपमा पहिचान गर्दै भारत र नेपालबीच वित्तीय तथा प्रविधिको क्षेत्रमा थप सहकार्य गर्नुपर्नेमा जोड दिए।

सन् २०१६ जनवरीमा सुरु गरिएको ‘स्टार्टअप इन्डिया स्किम’ले भारतमा ४ हजार २०० भन्दा बढी स्टार्टअपलाई आफ्नो फन्ड र सिड फन्डमार्फत् सहयोग पुर्‍याएको छ।

समारोहको पहिलो चरणको छलफल भारत र नेपालबीच ई–कमर्श र फिनटेक क्षेत्रमा अवसरबारे केन्द्रित थियो। दोस्रो चरणको छलफल नेपाली स्टार्टअपका लागि फन्डिङको अवसरबारे गरिएको थियो।

प्रकाशित: ११ माघ २०७९ १२:२८ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast