फागुन लागेपछि घट्यो मुस्ताङमा चिसो, बढे मुक्तिनाथ पुग्ने दर्शनार्थी

हिमाल प्रेस १० फागुन २०८२ ६:४६ | Sunday, February 22, 2026
8
SHARES
फागुन लागेपछि घट्यो मुस्ताङमा चिसो, बढे मुक्तिनाथ पुग्ने दर्शनार्थी मुक्तिनाथ मन्दिरमा भक्तजन। तस्बिर : रासस

मुस्ताङ- चिसो घटेसँगै मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ। हिउँदयामको चिसो मौसमका कारण मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी पर्यटकको संख्या घटेकामा फागुन लागेसँगै दर्शन गर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको हो।

मुक्तिनाथमा फागुन सुरु भएसँगै दैनिक चार हजारदेखि पाँच हजारको हाराहारीमा दर्शनार्थी पर्यटक आउन थालेका मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । उनका अनुसार पुस र माघमा आशिंक रूपमा धार्मिक पर्यटक तथा दर्शनार्थी यहाँ आउने गरेकामा चिसो केही कम भएकाले दर्शनार्थी पर्यटकको संख्या वृद्धि भएको हो।

मुस्ताङमा हिउँदयाम सकिएर गर्मीयाम सुरु हुन थाले पछि मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थी तथा धार्मिक पर्यटकको आगमन थप वृद्धि हुने अपेक्षा गरिएको व्यवस्थाक भुसालले बताए। फागुन लागेपछि मन्दिर दर्शन गर्ने भक्तजनको उचित व्यवस्थापन, सरसफाइ, खानपानलगायत पक्षमा ध्यान दिइएको उनको भनाइ छ।

मुक्तिनाथ दर्शन गर्नका लागि भक्तजनलाई लाईनवद्ध गराउने, दर्शनमा सहज बनाउने, स्वच्छ पानी तथा खानपानलगायत लेक लाग्ने समस्याबाट सुरक्षित रूपमा भक्तजनको सुरक्षाका लागि अक्सिजनसहित स्वास्थ्यकर्मी र स्वास्थ्य क्लिनिकलाई क्रियाशील राखिएको व्यवस्थापक भुसालले जानकारी दिए। उनका अनुसार मुक्तिनाथको चिसोमा १०८ धारा र कुण्डमा स्नान गरेका दर्शनार्थीलाई आगो ताप्ने व्यवस्था गरिएको छ।

हिन्दू तथा बौद्ध धर्मालम्बीको धार्मिक आस्थाको केन्द्र पवित्र धार्मिकस्थलमा दर्शन गर्नाले जानअञ्जानमा भएका गल्तीमा मुक्त भइने धार्मिक जनविश्वाश रहिआएको छ।

प्रकाशित: १० फागुन २०८२ ६:४६ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast