आयोजक सहारालाई १२ वर्षपछि आहा रारा पोखरा गोल्डकप उपाधि

विजय नेपाल ९ फागुन २०८२ १६:१४ | Saturday, February 21, 2026
34
SHARES
आयोजक सहारालाई १२ वर्षपछि आहा रारा पोखरा गोल्डकप उपाधि

पोखरा- आयोजक सहारा क्लब पोखराले २५ औँ आहा रारा पोखरा गोल्डकपको उपाधि जित्न सफल भएको छ। २०५५ सालमा जन्मिएको सहारा क्लबले निरन्तर सहभागितामा यो दोस्रोपल्ट उपाधि जितेको हो। यसअघि २०७० सालमा १२ औँ संस्करणमा मनाङलाई हराउँदै पहिलो उपाधि जितेको थियो।

सहाराले शनिबार जाउलाखेल युथ क्लबलाई शून्यका विरद्ध दुई गोलअन्तरले पराजित गर्दै नगद १४ लाख हात पारेको छ। १४ वर्षपछि फाइनल खेलेको जाउलाखेल उपविजेतामा सीमित हुँदै नगद सात लाख प्राप्त गरेको छ।

खेलको २६ औँ मिनेटमा फरवार्ड मुकुन्दकुमार न्युरेले सुशील लामाको कर्नर पासमा उत्कृष्ट गोल गर्न सफल भएका थिए। दोस्रो हाफमा सहाराका लागि टेई डेनियल बडरूले सुशील लामाकै पासमा गोल गरेका हुन्।

१२ टिमले भाग लिएको प्रतियोगिता माग २७ मा सुरु भएको थियो। सहाराले उद्घाटन खेलमा गोरखा इन्टरनेसनल फुटबल क्लबलाई हराउँदै विजयी यात्रा सुरुआत गरेको थियो। सर्वाधिक ६ पल्टका उपाधि विजेता पुलिस फुटबल क्लबलाई क्वाटरफाइनलमा र मनाङ मस्र्याङ्दी क्लबलाई सेमिफाइनलमा सडन डेथको सिकार बनाउँदै फाइनल पुगेको हो।

पहिलो खेलमा मच्छिन्द्र क्लबलाई हराएको जाउलाखेलले प्रिक्वाटरमा चर्च ब्वाइज युनाइटेड र सेमिफाइनलमा आभा फुटबल क्लब, उज्वेकिस्तानलाई पराजित गर्दै फाइनल पुगेको थियो।

प्रकाशित: ९ फागुन २०८२ १६:१४ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast