काठमाडौँ- तत्कालीन नेकपा एकीकृत समाजवादी निकट युवा संघका अध्यक्ष (संयोजक) रोशन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छाडेको घोषणा गरेका छन्। उनले सामाजिक सन्जालमार्फत नेकपा र युवा संघको जिम्मेवारीबाट औपचारिक रूपमा अलग भएको घोषणा गरेका छन्।
‘आजको मितिबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र युवा संघसँग सम्बन्धित सम्पूर्ण जिम्मेवारीबाट अलग हुने औपचारिक घोषणा गर्दछु आजसम्म साथ, सहयोग र समर्थन दिनुहुने सम्पूर्ण नेता कमरेड अग्रज तथा सहयोद्धा कमरेडहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
उनले सामाजिक सन्जालमा खुलाएका छन्। उनले पार्टी छाड्नुको कारण भने खुलाएका छैनन्। यसअघि एकीकृत समाजवादीमा हुँदा भने उनी अध्यक्ष माधवकुमार नेपाल निकटस्थ मानिन्थे। उनी नेपाल पक्षको युवा संघको अध्यक्ष हुँदा झलनाथ खनाल निकटबाट सन्जीव राई समानान्तर अध्यक्ष बनेका थिए। समाजवादीमा रहदा सम्म दुईपक्षबीच टकराव नै रह्यो। टकरावकै बीच माओवादी र समाजवादीबीच एकता भयो। अहिले भने थापाले एकाएक राजीनामा दिएका छन्।




