काठमाडौँ- फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ को भिडियो सार्वजनिक भएको छ। भिडियोमा एक यौन व्यवसायको दैनिकी र उनको विक्षिप्त रहेकाे मानसिक अवस्थालाई देखाइएको छ।
भिडियोमा फिल्मका मुख्य कलाकार रोशनी कार्की र जीवन भट्टराईले अभिनय गरेका छन्। रोशनी यौन व्यावसायीको भूमिकामा छिन्।
प्रीति कौरको स्वर रहेको गीत रोशन मिराज, केएम जोशी र गायिका कौरले लेखेका हुन्। गीतमा केएम जोशीले संगीत भर्नुका साथै एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गरेका छन्।
रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन्। फिल्म फागुन २९ गते प्रदर्शन गर्ने टिमको तयारी छ।
फेथ आस्थाको प्रस्तुति रहेको फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दैछ।




