काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
थापा २१ हजार ३०२ मतसहित विजयी भएका हुन्। उनका निटकतम प्रतिद्वन्द्वी एमालेका डा. राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएका छन्। दुईको अन्तर सात हजार ४४७ रहेको छ।
थापा यस क्षेत्रमा लगातार तेस्रोपटक निर्वाचित भएका हुन्।
प्रकाशित: ६ मंसिर २०७९ ११:२८ | Tuesday, November 22, 2022
प्रतिक्रिया




