‘लालिमा’ को टिजरमा मानसिक समस्याले छट्पटाइरहेकी एक पात्र

हिमाल प्रेस २९ माघ २०८२ १६:१३ | Thursday, February 12, 2026
10
SHARES
‘लालिमा’ को टिजरमा मानसिक समस्याले छट्पटाइरहेकी एक पात्र

काठमाडौँ- फिल्म ‘लालिमा’ को टिजर सार्वजनिक भएको छ। टिजर ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

टिजरमा फिल्मकी मुख्य कलाकार रोशनी कार्की एकल देखिएकी छन्। उनी कोठाभित्र मानसिक समस्यामा परेर छट्पटाइरहेको देख्न सकिन्छ। टिजरमा कथा प्रष्ट छैन, सस्पेन्स राखिएकाे छ।

फिल्म यौनकर्मीको अनुभवमा आधारित रहेको लेखक तथा निर्देशक रोशन मिराजले बताए।

फिल्म आगामी फागुन २९ गते प्रदर्शन गर्ने टिमको तयारी छ। रोशनीसहित फिल्ममा शिशिर वाङ्देल, जीनव भट्टराई, नायिका उषा रजक, सुष्मा निरौलालगायत कलाकारले अभिनय गरेका छन्।

‘लालिमा’ मा यौनकर्मीको जीवन कथा, मुख्य भूमिकामा रोशनी कार्की

प्रकाशित: २९ माघ २०८२ १६:१३ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast