देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

हिमाल प्रेस २९ माघ २०८२ १०:५५ | Thursday, February 12, 2026
8
SHARES
देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एकको मृत्यु, पाँच घाइते

दाङ- देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। गढवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटोरिक्सा चालक जोरकुमार पुनको मृत्यु भएको हो।

भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको हो। दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ।

प्रकाशित: २९ माघ २०८२ १०:५५ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast