‘लालिमा’ मा यौनकर्मीको जीवन कथा, मुख्य भूमिकामा रोशनी कार्की

हिमाल प्रेस २७ माघ २०८२ १३:२६ | Tuesday, February 10, 2026
12
SHARES
‘लालिमा’ मा यौनकर्मीको जीवन कथा, मुख्य भूमिकामा रोशनी कार्की

काठमाडौँ- यौनकर्मीको जीवन अनुभवमा आधारित फिल्म ‘लालिमा’ बनेको छ। फिल्म आगामी फागुन २९ मा प्रदर्शन हुने निर्माण टिमले जनाएको छ।

टिमले मंगलबार एक पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। लालिमा पात्रको नाम हो।

सार्वजनिक पोस्टरमा कलाकार रोशनी कार्की एकल देखिएकी छन्। उनी एक झ्यालको छेउमा बसिरहेकी छन्। उनको शरीरको माथिल्लो भागमा कपडा छैन। एक सेतो कपडाले उनले शरीर छोपेकी छन्। उनको लाली लतपतिएको छ, जसले उनको चरित्रप्रति संशय पैदा गर्छ।

फिल्म रोशन मिराजले निर्देशन गरेका छन्। फिल्म नेपालमा रहेका करिब तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित रहेको निर्देशक मिराजले बताए।

कथा खुलाउँदै निर्देशक मिराजले भने, ‘फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ। एक घटनाले लालीमाकी बोल्न नसक्ने आमा कारगार पुग्छिन्। आमालाई कारागार मुक्त गराउने क्रममा लालीमा सहरको कठोर र अँध्यारोतर्फ धेकेलिन्छन्। त्यसपछि लालिमा शारीरिक, भावनात्मक र मानसिक पीडामा बाँच्न बाध्य हुनेछिन्। यही कथामा फिल्म बनेको हो।’

फिल्मको कथा निर्देशक स्वयंले लेखेका हुन्। आमाको भूमिकामा कलाकार उषा रजक छिन्। साथै अन्य पात्रहरूमा शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी, सुष्मा निरौलालगायत छन्।

‘लालिमा’ पीडाको मात्रै नभएर शोषण र संरचनागत अन्यायको पनि नुझक्ने मानवीय सहासको कथा रहेको निर्देशक मिराजको तर्क छ।

फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको फिल्मका कार्यकारी निर्माता रीना लामा हुन्।

प्रकाशित: २७ माघ २०८२ १३:२६ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast