धादिङ- धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेसी नजिकै दुर्घटना भएको बस । काठमाडौँबाट रसुवाको लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०८ नम्बरको बस र दाङबाट काठमाडौँ आउदै गरेको प्रदेश ३-०१००६ ख १५५२ नम्बरको बस महादेवबेसीस्थित सडकमा एक आपसमा ठोक्किदा बस दुर्घटना भएको हो ।
ठक्करपछि बस अनियन्त्रित भई सडक किनारमा रहेको चिया पसलमा ठोक्किन पुग्दा चिया पिउँदै गरेको एक व्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तस्बिर : शंकर श्रेष्ठररासस
प्रकाशित: २५ माघ २०८२ ९:५४ | Sunday, February 8, 2026
प्रतिक्रिया



