काठमाडौँ- फिल्म ‘कुमारी’ मा समावेश गीत डोको बुन्ने’ ले करोड भ्युज बटुलेको छ। समाचार तयार पार्दासम्म गीतले युट्युबमा १ करोड २१ लाखभन्दा बढी भ्युज कमाएको छ।
गीत केहर सिं लिम्बूले गाएका हुन्। सागर लामिछाने मगर र सुमन तामाङका शब्द रहेको गीतमा सुमन र केहर एन्ड द लुङा ब्यान्डले संगीत भरेको छ।
फिल्म भोलि अर्थात् माघ २३ देखि देशभर प्रदर्शन हुँदैछ। फिल्मको अन्य दुई गीत ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ पनि चर्चित छ।
प्रेम कथामा आधारित फिल्मका निर्देशक दिनेश राउत हुन्। फिल्मले देशभर यिनै गीतलाई लिएर कन्सर्ट पनि गरेको थियो।
फिल्म विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। यो उनीहरूको डेब्यु फिल्म हो।
विकास सुवेदीको लेखन रहेको फिल्म सुसन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादनमा बनेको छ।



