गृहमन्त्री अर्यालसँग यूएनओडीसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट

हिमाल प्रेस २१ माघ २०८२ १८:३५ | Wednesday, February 4, 2026
गृहमन्त्री अर्यालसँग यूएनओडीसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट

काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्र संघीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडिसी) को दक्षिण एसिया हेर्ने क्षेत्रीय प्रतिनिधि क्रिस्टियन होल्जले शिष्टाचार भेट गरेका छन्।

भेटमा मन्त्री अर्यालले यूएनओडिसीले लागुऔषध नियन्त्रणलगायत क्षेत्रमा नेपाललाई पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे। साथै यूएनओडिसीसँगको सहकार्य अझै बढाउँदै लैजान सकिने उनले विश्वास व्यक्त गरे।

यूएनओडिसी क्षेत्रीय प्रतिनिधि होल्जले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै सरकारको तर्फबाट यूएनओडिसीका कार्यक्रम सञ्चालनमा प्रदान हुँदै आएको सहयोग र तदारुकताको प्रशंसा गरे।

गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, यूएनओडिसी नेपालका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।

प्रकाशित: २१ माघ २०८२ १८:३५ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast