लुम्बिनीमा थाइल्याण्ड राजपरिवारकी सदस्य बिलासकल्यानी (तस्बिरहरू)

हिमाल प्रेस १६ माघ २०८२ १८:२७ | Friday, January 30, 2026
86
SHARES
लुम्बिनीमा थाइल्याण्ड राजपरिवारकी सदस्य बिलासकल्यानी (तस्बिरहरू) सबै तस्बिर सौजन्यः राेयल थाई विहार लुम्बिनी।

बुटवल- थाइल्याण्ड राजपरिवारकी सदस्य सिनेनाथ बिलासकल्यानीले शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन्। उनले मायादेवी मन्दिर दर्शन गरिन्।

बुद्धको जीवनसँग सम्बन्धित प्रमुख चार स्थानको भ्रमणमा निस्केकी उनी बिहीबार लुम्बिनी आइपुगेकी थिइन्। उनलाई शुक्रबार लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठ, सिद्धार्थ नगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँ र लुम्बिनी विकास कोषको योजना प्रमुख स्मिता भट्टले स्वागत गरेका थिए। उनी बिहीबार भारतको सुनौली नाका हुँदै लुम्बिनी आएकी हुन्।

४१ वर्षीया बिलासकल्यानी थाई राजा महावजिरालङकोर्नकी श्रीमती हुन्। राजाले उनलाई शाही नोबल कन्सर्ट (अति विशिष्ट राजपरिवार सदस्य) उपाधि प्रदान गरेका छन्। त्यस्तै राजाले उनलाई भिक्षु भिक्षुणीलाई प्रदान गर्ने चौखुन फ्राको उपाधि पनि प्रदान गरेका छन्।

७० सदस्यीय प्रतिनिधि मण्डलको प्रतिनिधित्व गर्दै बुद्धले महापरिनिर्वाणको समयमा भनेको चार प्रमुख स्थल बोद्धगया, सारनाथ, कुशीनगर र लुम्बिनीको तीर्थाटनमा निस्केकी उनी भारतका तीन स्थाको दर्शन सकेर नेपाल आएकी हुन्।

उनी शुक्रबार थाई एयर फोर्सको चार्टर्ड विमान ७३७ बोईङमार्फत थाइल्याण्ड फर्किएकी छन्।

 

प्रकाशित: १६ माघ २०८२ १८:२७ | Friday, January 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast