राष्ट्रिय लिग फुटबल : एनआरटी विजयी

हिमाल प्रेस १५ माघ २०८२ २१:१६ | Thursday, January 29, 2026
2
SHARE
राष्ट्रिय लिग फुटबल : एनआरटी विजयी

काठमाडौँ- काठमाडौँमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड टिम (एनआरटी) विजयी भएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आज भएको खेलमा  एनआरटीले आफ्नो पाँचौँ खेलमा संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो।

एनआरटीलाई जित दिलाउन कृतिशरत्न छुन्जु र टिमोथी ओकेरेकेले समान एक/एक गोल गरे। एक गोल एनआरटीले आत्मघाती उपहारका रूपमा प्राप्त गर्‍यो। एक गोलले पछाडि परेका अवस्थामा कृष्णबहादुर आलेले संकटालाई खेलमा फर्काएका थिए। त्यसपछि खेलमा गोल हुन सकेन र एनआरटी विजयी भयो।

जितसँगै एनआरटीले शीर्ष स्थानका दुई टोली–नेपाल एपीएफ क्लब र मछिन्द्र एफसीसँग बराबरी अंक बनाएको छ। एनआरटी, नेपाल एपीएफ क्लब र मछिन्द्र एफसीको समान १२ अंक भएको छ। संकटाको पाँच अंक छ।

प्रकाशित: १५ माघ २०८२ २१:१६ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast