स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने प्रयास भइरहेको छ : मन्त्री गौतम

हिमाल प्रेस १५ माघ २०८२ १७:१५ | Thursday, January 29, 2026
30
SHARES
स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने प्रयास भइरहेको छ : मन्त्री गौतम

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमा कार्यक्रमलाई व्यवस्थित गर्ने प्रयास भइरहेकाले केही दिनभित्रै सकारात्मक परिणाम देखिने बताएकी छन्।

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको ३० औँ वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गौतमले अहिलेकै स्वरुपमा बिमा कार्यक्रम अघि बढ्न नसक्ने भएकाले यसलाई व्यवस्थित गर्ने प्रयास भएको र केहिदिनभित्रै सकारात्मक परिणाम देखिने बताएकी हुन्।

उनले निःशुल्क पाइने उपचारमा समेत बिरामीलाई बिमामार्फत पैसा तिर्न बाध्य पार्दा स्रोतहरूको दुरूपयोग हुने संभावना पनि धेरै देखिएको धारणा राखिन्।

मन्त्री गौतमले स्वास्थ्य कर कोषमा प्राप्त हुने रकम संविधानले नै किटेको अवस्थामा उक्त रकमसमेत निकै न्यून मात्रामा प्राप्त भइरहेको गुनासो गरिन्। कतिपय अवस्थामा औषधिको मूल्य पनि बिमातर्फ एकदम महँगो रेटमा राख्ने गरेकाले पनि धेरै बोझ पर्न गएकाले सुधारका कामहरु भइरहेको उनको भनाइ छ।

मन्त्री गौतमले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक समस्या हुन नदिने र मन्त्रालयका तर्फबाट हुनुपर्ने भुक्तानी नरोकिने स्पष्ट पारिन्।

प्रकाशित: १५ माघ २०८२ १७:१५ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast