निर्वाचन प्रयोजनका लागि भारतले दियो २२० गाडी

हिमाल प्रेस १५ माघ २०८२ १५:३७ | Thursday, January 29, 2026
30
SHARES
निर्वाचन प्रयोजनका लागि भारतले दियो २२० गाडी

काठमाडौँ- भारत सरकारले नेपाललाई २२० वटा सवारीसाधनहरू प्रदान गरेको छ। निर्वाचनका लागि नेपाल सरकारको आग्रहअनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारीसाधनहरू हस्तान्तरण गरेको हो।

बिहीबार अर्थ मन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरूको साँचो हस्तान्तरण गरेका थिए।

अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रहअनुसार भारत सरकारले निर्वाचनका लागि सवारीसाधान सहयोग गरेको जानकारी दिए।

भारतले उपलब्ध गराउने करिब ६५० वटा विभिन्न किसिमका सवारीसाधनमध्ये बिहीबार दोस्रो लटमा करिब २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए।

यसपछि बाँकी रहेका सवारी साधनका साथै प्रहरीलाई आवश्यक अन्य सामग्रीहरूसमेत भारत सरकारबाट सहयोगस्वरूप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए। केही दिनअघि भारतले ६० भन्दा बढी सवारीसाधान नेपाललाई हस्तान्तरण गरेको थियो।

प्रकाशित: १५ माघ २०८२ १५:३७ | Thursday, January 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast